नेपालगन्ज १२ मंसिर : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थतप १५८ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।
देशभर गरिएको ६ हजार ६०४ पीसीआर र २ हजार ३१४ जनाको एन्टीजेन परीक्षणका क्रममा १५८ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै कुल संक्रमितको संख्या ८ लाख २० हजार ८७८ जना पुगेको छ । कुल संक्रमितमध्ये ६ हजार ९६६ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा ३४२ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ८ लाख २ हजार ३८९ पुगेको छ ।
उक्त अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२३पुगेको छ । हाल ९८ जना क्वारेन्टाइनमा छन् । १७१ जना आइसीयू र ३३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर एक लाख २७ हजार ६११ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।