देशभर २५९ जनामा कोरोना संक्रमण


देशभर २५९ जनामा कोरोना संक्रमण

नेपालगन्ज १३ मंसिर : स्वास्थ्या तथा जनसंख्या मन्त्रालायका अनुसार देशभर थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।

देशभर गरिएको ७ हजार २३१ पीसीआर र २ हजार ६५७ जनाको एन्टीजेन परीक्षणका क्रममा २५९ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख २१ हजार १२१ जना पुगेको छ । कुल संक्रमितमध्ये ६ हजार ९४४ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा २६४ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ८ लाख २ हजार ६५३ पुगेको छ ।

उक्त अवधिमा १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२४ पुगेको छ । हाल ९८ जना क्वारेन्टिनमा छन् । १५९ जना आइसीयू र ३७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

पछिल्लो २४ घण्टामा देशभर १ लाख ४४ हजार ५३४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।