प्रधानन्यायाधीशलाई कोरोना संक्रमण, निमोनिया पनि देखियो


प्रधानन्यायाधीशलाई कोरोना संक्रमण, निमोनिया पनि देखियो

File Photo

नेपालगन्ज १३ मंसिर : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई कोरोना संक्रमण भएको छ । सोमबार बिहान जाँच गर्दा उनमा कोरोना संक्रमण देखिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले पुष्टि गरे ।

अहिले प्रधानन्यायाधीश राणालाई सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना गरिएको छ । दाहालका अनुसार हप्ता दिनदेखि प्रधानन्यायाधीश राणा अस्वस्थ थिए ।

‘प्रधानन्यायाधीश ज्यूलाई आज जाँच गर्दा कोरोना संक्रमण देखिएपछि एपिएफ अस्पतालमा भर्ना गरिएको जानकारी आएको छ । उहाँलाई निमोनिया पनि देखिएको छ,’ दाहालले भने ।

उनका अनुसार अस्वस्थ रहेकाले प्रधानन्यायाधीश शुक्रबारअघि केही दिन सर्वोच्च आएका थिएनन् । आईतबार उनी अदालत आएका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

बलम्बुस्थित एपिएफ अस्पतालका प्रमुख डाक्टर रूपक महर्जनले राणा सोमबार साँझ भर्ना भएको उनको उपचार सुरू गरिएको बताए । -सेतोपाटीबाट