File Photo
नेपालगन्ज १३ मंसिर : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई कोरोना संक्रमण भएको छ । सोमबार बिहान जाँच गर्दा उनमा कोरोना संक्रमण देखिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले पुष्टि गरे ।
अहिले प्रधानन्यायाधीश राणालाई सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना गरिएको छ । दाहालका अनुसार हप्ता दिनदेखि प्रधानन्यायाधीश राणा अस्वस्थ थिए ।
‘प्रधानन्यायाधीश ज्यूलाई आज जाँच गर्दा कोरोना संक्रमण देखिएपछि एपिएफ अस्पतालमा भर्ना गरिएको जानकारी आएको छ । उहाँलाई निमोनिया पनि देखिएको छ,’ दाहालले भने ।
उनका अनुसार अस्वस्थ रहेकाले प्रधानन्यायाधीश शुक्रबारअघि केही दिन सर्वोच्च आएका थिएनन् । आईतबार उनी अदालत आएका थिए ।
बलम्बुस्थित एपिएफ अस्पतालका प्रमुख डाक्टर रूपक महर्जनले राणा सोमबार साँझ भर्ना भएको उनको उपचार सुरू गरिएको बताए । -सेतोपाटीबाट
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही