७ लाख २५ हजार डोज कोभिसिल्ड खोप नेपाल आइपुग्यो


७ लाख २५ हजार डोज कोभिसिल्ड खोप नेपाल आइपुग्यो

नेपालगन्ज १४ मंसिर : कोरोना भाइरस विरुद्धको खोप कोभिडसिल्डका थप ७ लाख २५ हजार डोज खोप नेपाल आइपुगेकोछ ।

कोभ्याक्स सुविधामा मार्फत नेपाललाई प्राप्त हुने ६० लाख डोजमध्ये पहिलो चरणमा ७ लाख २५ हजार डोज कोभिसिल्ड खोप नेपाल आइपुगेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका प्रमुख उपेन्द्र ढुंगानाले यसै हप्ता दुई चरणमा थप खोप आउने जानकारी दिए ।

हालसम्म नेपालमा दुई करोड ५५ लाख डोज खोपमध्ये एक करोड ८१ लाख ५ हजार ९५५ डोज खोप लगाइसकिएको छ । ८३ लाख ८२ हजार ९९४ पूर्ण मात्रा र ९७ लाख २२ हजार ९६१ पहिलो मात्रा खोप लगाइसकएको छ ।