२५५ जना थपिँदा थप २५६ जना डिस्चार्ज


२५५ जना थपिँदा थप २५६ जना डिस्चार्ज

नेपालगन्ज १४ मंसिर : देशभर थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको ४ हजार ३२९ पीसीआर र २ हजार १४० जनाको एन्टीजेन परीक्षणका क्रममा २५५ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख २१ हजार ३६६ जना पुगेको छ । कुल संक्रमितमध्ये ६ हजार ९३१ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा २५६ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ८ लाख २ हजार ९०९ पुगेको छ ।

उक्त अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२६ पुगेको छ । हाल ९८ जना क्वारेन्टिनमा छन् । ११६ जना आइसीयू र ३३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

पछिल्लो २४ घण्टामा देशभर २ लाख ११ हजार ५५३जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।