नेपालगन्ज १५ मंसिर : कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै सरकारले विदेश भ्रमण नगर्न आग्रह गरेकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बुधबार विज्ञप्ति जारी गर्दै ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन अनुरोध गरेका हुन् ।
छिमेकी देश भारतमा समेत कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिएको भन्दै भारत लगायतका विदेश भ्रमण नगर्न आग्रह गरिएको हो ।
हालसम्म ओमिक्रोन भेरियन्ट नेपालमा फेला परिनसकेको भन्दै डाक्टर अधिकारीले यो भेरियन्ट भित्रिन नदिनका लागि आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको बताए ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीका अनुसार ओमिक्रोन भेरियन्ट बढी संक्रामक र सबै उमेर समुहका व्यक्तिहरुलाई असर पार्ने देखिएकाले संक्रमण रोक्नका लागि सबै नागरिकले जनस्वास्थ्यका मापदण्डको पालना गर्न आग्रह पनि गरेका छन् ।
कोभिड–१९ विरुद्धको खोपले रोगबाट बचाउने भएकाले पायक पर्ने खोप केन्द्रमा गई अनिवार्य रुपमा खोप लगाउन पनि स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।
केहिदिन अघि अफ्रिकन मुलुकहरुमा पहिचान गरिएको ओमिक्रोन भेरियन्टले यतिबेला विश्वलाई पुनः त्रसित बनाएको छ ।
पछिल्लो समय अफ्रिका तथा एसियाका केही देशहरुमा समेत यो भेरियन्ट तिव्र रुपमा विस्तार भइरहेको छ । विश्व स्वास्थ्य संगठनले समेत यसलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनी घोषणा गरिसकेको छ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही