३१५ जना कोरोना संक्रमण हुदाँ ६ जनाको मृत्यु


३१५ जना कोरोना संक्रमण हुदाँ ६ जनाको मृत्यु

नेपालगन्ज १६ मंसिर : देशभर थप ३१५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ९ हजार ५११ पीसीआर र एक हजार ८९२ जनाको एन्टीजेन परीक्षणका क्रममा ३१६ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख २१ हजार ९४९ जना पुगेको छ । कुल संक्रमितमध्ये ७ हजार ४५ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २०१ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ३ हजार ३६९ पुगेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

उक्त अवधिमा ६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५३५ पुगेको छ । हाल ९८ जना क्वारेन्टिमा छन् । ११० जना आइसीयू र ३८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १ लाख ४१ हजार ५५७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।