नेपालगन्ज १७ मंसिर : कोरोना भाइरस संक्रमित भएपछि उपचाररत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा डिस्चार्ज भएका छन् ।
कोरोना संक्रमित भइ यही मंसिर १३ गते नेपाल एपीएफ अस्पताल भर्ना भएका प्रधानन्यायाधीश जबरा पाँचौँ दिनमा आज शुक्रबार डिस्चार्ज भएका हुन् ।
कोभिड–१९ संगै उनीमा निमोनिया देखिएपछि एपीएफ अस्पतालमा उपचाररत रहेका प्रधानन्यायाधीश जबरा १७ मंसिर बिहान साढे ९ बजे स्वास्थ्य लाभ गरी डिस्चार्ज भएको अस्पतालले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।