गलकोट(बाग्लुङ्ग) १७ मंसिर : विदेशमा कोरोनाको तेस्रो भेरियन्टको त्रास बढिरहेको सन्दर्भमा बागलुङमा कोरोना संक्रमणदर पुनः उकालो लाग्न थालेको छ ।
बिहीबारमात्रै बागलुङमा एकै विद्यालयका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै समुदायस्तरमा बिहीबार नै तीन जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
बागलुङ नगरपालिकाको बलेवास्थित एक विद्यालयमा कोरोनाको लक्षणपछि ८२ जनाको परीक्षण गर्दा एकसाथ २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए ।
उक्त विद्यालय व्यवस्थापन समितिको निर्णयानुसार अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय बन्द गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार विद्यालयमा पुनः शुक्रबार थप विद्यार्थीको कोरोना परीक्षणपछि मात्रै विद्यालयको नाम खुलाइनेछ ।
घिमिरेका अनुसार विद्यालय भएको समुदायको तीन जनामासमेत कोरोना पुष्टि भएकाले धेरै मात्रमा समुदायमा कोरोना सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयको अनुमान छ । त्यस क्षेत्रमा स्वास्थ्य कार्यालयको टोली शुक्रबार जाने र अवस्था बुझेपछि जिल्लास्तरीय कोरोना सङ्कट व्यवस्थापन समितिले निर्णय गर्ने जनस्वास्थ्य निरीक्षक घिमिरेले बताए ।
कोरोना पुनः बढेसँगै स्वास्थ्य सचेतना अपनाउन कार्यालयले अनुरोध गरेको छ । बागलुङमा बुधबारसम्म जम्मा १३ सक्रिय सङ्क्रमित रहेकामा बिहीबारमात्रै सक्रिय सङ्क्रमितको सङ्ख्या ४१ पुगेको छ । अहिले धवलागिरि अस्पताल बागलुङको आइसोलेसनमा दुई सङ्क्रमितको उपचार भइरहेको छ । -रासस
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?
सीता एयरका जहाज: किन यसका पाङ्ग्रा खुस्किरहन्छन्?
नयाँ हजारकाे नाेटमा जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो
सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा, कहाँ कहाँ छ जोखिम?
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ