देशभर २४६ जनामा कोरोना संक्रमण


देशभर २४६ जनामा कोरोना संक्रमण

नेपालगन्ज १७ मंसिर : देशभर २४६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ६ हजार ४०० पीसीआर र एक हजार ४३३ जनाको एन्टीजेन परीक्षणका क्रममा ३१६ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख २२ हजार १७२ जना पुगेको छ । कुल संक्रमितमध्ये ६ हजार ९२१ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३४६ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ३ हजार ७१६ पुगेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

पछिल्लो २४ घण्टामा कोरोनाका कारण कुनै संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५३५ पुगेको छ। हाल ९८ जना क्वारेन्टिनमा छन् । १०७ जना आइसीयू र ३४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १ लाख ७५ हजार ५५७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।