नेपालगन्ज १७ मंसिर : देशभर २४६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ६ हजार ४०० पीसीआर र एक हजार ४३३ जनाको एन्टीजेन परीक्षणका क्रममा ३१६ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै कुल संक्रमितको संख्या ८ लाख २२ हजार १७२ जना पुगेको छ । कुल संक्रमितमध्ये ६ हजार ९२१ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३४६ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ३ हजार ७१६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण कुनै संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५३५ पुगेको छ। हाल ९८ जना क्वारेन्टिनमा छन् । १०७ जना आइसीयू र ३४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर १ लाख ७५ हजार ५५७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
नेपालगन्जबाट काठमाडौं जाँदै गरेको बस नवलपरासीमा पल्टियाे, ६ जनाको मृत्यु
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति