यसरी चिसोमा शिशुको ओठ फुट्नबाट जोगाऔं


यसरी चिसोमा शिशुको ओठ फुट्नबाट जोगाऔं

नेपालगन्ज १७ मंसिर : चिसोमा धेरे समस्याहरु आउने गर्छन् । ती मध्ये एक हो चिसोका कारण हातखुट्टा, गाला र ओठ फुट्ने समस्या ।

यसले प्रायः सबै उमेरका व्यक्तिहरुलाई सताउने गर्छ । विशेषगरि शिशुको ओठ फुट्दा के गर्ने ? भन्ने विषयमा अभिभावक अन्योलमा परेको देखिन्छ । शिशुको ओठ फुटेमा के गर्ने भन्ने धेरै आमाहरुको जिज्ञासा हुनसक्छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

यदि चिसो समयमा तपाईको शिशुको ओठ फुटेमा यस्ता सावधानी अपनाउनुपर्छः

-स्तनपानपछि आमाको दुधको लेप लगाइदिने ।
-निम्पल क्रिमको प्रयोग गर्ने ।
-केमिकल मिसिएको बाम प्रयोग नगर्ने ।
-शिशुमा पानिको मात्रा कम हुन नदिन कम्तिमा ३ घण्टाको अन्तरालमा स्तनपान गराउने ।
-कोठाको आद्रता कायम गर्न जाडोमा हमिडिफर राख्ने ।
-यो तरिका अपनाएर पनि ठिक नभए बिशेषज्ञको सल्लाह लिने ।