नेपालगन्जमै अपाङ्गता भएकालाई परिचयपत्र पाउन सकस


नेपालगन्जमै अपाङ्गता भएकालाई परिचयपत्र पाउन सकस

३० औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउन नेपालगन्जमा जमा भएका अपाङ्गता भएका ब्यक्ति ।

नेपालगन्ज १७ मंसिर : नेपालगन्ज उपमहानगरपालिकाभित्र अपाङ्गता भएका ब्यक्तिहरुले सहज र सुलभरुपमा अपाङ्गता(फरक क्षमता भएका) परिचय पत्र पाउन सकेका छनैनन् ।

३० औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रमका साथ मनाईरहँदा नेपालगन्ज उपमहागरपालिका भित्र रहेका अपाङ्गता भएकाले सहज र सुलभरपमा अपाङ्गता परिचय पत्र पाउन नसकेको तथ्य बाहिरिएको हो ।

उनीहरुले सहज र सुलभरुपमा अपाङ्गता परिचय पत्र नपाउँदा राज्यबाट प्रदान गरिने विभिन्न खाले सेवाहरुबाट बञ्चित समेत हुनुपरेकोछ ।

एक तथ्यांक अनुसार नेपालगन्ज उपमहानगरपालिका भित्र करिब ३ हजार जना अपाङ्गता भएका ब्यक्ति हुनसक्ने आँकलन गरिएकोछ । तर, यति ठूलो संख्यामा अपाङ्गता भएका ब्यक्तिहरु नेपालगन्ज उपमहानगरपालिकामै रहेको आँकलन गरिरहँदा हालसम्म ९ सय ३६ जनाले मात्र अपाङ्गता परिचय पत्र लिएको पाइएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

नेपाल नेत्रहीन संघका भोलानाथ त्रिपाठीले मौजुदा नीति नियम अक्षरस कार्यान्वयन गर्नेहो भने अपाङ्गगता भएका व्यक्तिको समस्या आफैमा समाधान भएर जाने कुरामा जोड दिन्छन् । उनले सहभागिता र रोजगारमा समानुपातिक समावेश आवश्यक रहेको औल्याए ।