नेपालगन्ज १८ मंसिर : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २३८ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ५ हजार २९५ पीसीआर र १ हजार ५०२ जनाको एन्टीजेन परीक्षणका क्रममा २३८ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै कुल संक्रमितको संख्या ८ लाख २२ हजार ३९२ जना पुगेको छ । कुल संक्रमितमध्ये ६ हजार ७४४ जना सक्रिय संक्रमित छन् ।
गत २४ घण्टामा ३९२ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ४ हजार १०८ पुगेको छ । उक्त अवधिमा ५ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४० पुगेको छ । हाल ९८ जना क्वारेन्टिनमा छन् । १०६ जना आइसीयू र ३२ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही