देशभर थप २०५ जनामा कोरोना पुष्टि


देशभर थप २०५ जनामा कोरोना पुष्टि

नेपालगन्ज १९ मंसिर : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २०५ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ७ हजार ९९५ पीसीआर र २ हजार ७५२ जनाको एन्टीजेन परीक्षणका क्रममा २०५ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख २२ हजार ५९२ जना पुगेको छ । कुल संक्रमितमध्ये ६ हजार ५०७ जना सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा ४३६ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ४ हजार ५४४ पुगेको छ । उक्त अवधिमा १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४१ पुगेको छ । हाल ९७ जना क्वारेन्टिनमा छन् । १०७ जना आइसीयू र २८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

पछिल्लो २४ घण्टामा देशभर ५७ हजार ९३० जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।