कोरोना विरुद्धको खोप लगाएकालाई बुस्टर डोज दिने तयारी
नेपालगन्ज १९ मंसिर : कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनबाट नागरिकलाई बचाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिइएकोछ ।
प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट जनताको सुरक्षा गर्नका लागि आवश्यक तयारी थाल्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको हो ।
आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासहित सिंहदरवारमा बसेको समितिको बैठकले ओमिक्रोनबाट जनस्वास्थ्यको सुरक्षाका लागि आवश्यक तयारी थाल्न मन्त्रालयलाई निर्देशन दिएको हो ।
भारतमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भइसकेकोले नेपालमा पनि आवतजावतका कारण आउनसक्ने तर्फ सचेत रहन आग्रह गर्दै समितिकी सभापति जयपुरी घर्तीले जनस्वास्थ्यमा ध्यान दिएर नकामा खोपकार्ड र कोरोना परीक्षण गरेर मात्रै आवतजावतको व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिइन् । सभापति घर्तीले कोरोनाको खोपलाई जनतासमक्ष चाँडो भन्दा चाँडो पु¥याउने कुरा चाँडै कार्यान्वयन गर्न पनि मन्त्रालयलाई निर्देशन दिइन् । उनले ज्येष्ठनागरिकहरुलाई स्वास्थ्य मन्त्रालयले घरघरै गएर खोप लगाउने व्यवस्था गर्न पनि निर्देशन दिइन् ।
त्यस्तै सभापति घर्तीका अनुसार समितिले हरेक, वडा, गाउँपालिका र नगरपालिकामा कोरोना खोप लगाउने समय नतोकी जुनकुनै समयमा पनि खोप लगाउने व्यवस्था मिलाउन पनि निर्देशन दिइन् ।
उनले कोरोनाको नयाँ भेरियन्टबाट बच्नको लागि अक्सिजन र भेन्टिलेटरको अवस्था बुझी आवश्यक्ताअनुसार जुटाउन र प्रयोग भइसकेका कुराहरुलाई व्यवस्थित गर्न पनि निर्देशन दिइन् ।
ज्येष्ठनागरिकहरुलाई स्वास्थ्य मन्त्रालयले घरघरै गएर खोप लगाउने व्यवस्था गर्दा राम्रो हुने उनको सुझाव थियो ।
सभापति घर्तीले अहिले राजनीतिक मुद्दा भन्दा पनि कोरोनाको तेस्रो भेरियन्टबाट जनताको ज्यानको सुरक्षातर्फ लाग्न पनि निर्देशन दिइन् ।
यसैबीच सरकारले कोभिड–१९ विरुद्धको खोप लगाएको तीन महिना नाघेका नागरिकलाई बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाका अनुसार मन्त्रिपरिषद बैठकले खोप लगाइसकेका सबैलाई बुस्टर डोज दिने निर्णय गरेको हो ।
आज बसेको संसद्को शिक्षा तथा स्वास्थ्य समिति बैठकमा खतिवडाले बुस्टर डोज दिन आवश्यक पर्ने थप एक करोड डोज खोप ल्याउन प्रक्रिया अघि बढाइसकिएको जानकारी दिए ।
समितिमा परिवार कल्याण महाशाखा प्रमुख डा. विवेकलाल कर्णले स्वस्थ व्यक्तिमा दोस्रो डोज खोप लगाएको ३ देखि ६ महिनाभित्र बुस्टर डोज दिन मिल्ने बताए । नेपालमा दीर्घरोगीलाई पहिलो प्राथमिकतामा र त्यसपछि सबैलाई बुस्टर डोज खोप दिनेगरी तयारी अघि बढाइएको पनि डाक्टर कर्णले बताए ।
यसअघि सरकारले अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न आग्रह गरिसकेकोछ । भने भारतलगायतका देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएकाले दक्षिण अफ्रिका सहित ९ देशबाट नेपाल आउन प्रतिबन्ध लगाइसकेकोछ । यस्तै देशका भारतसंग जोडिएको सीमा नाकामा कडा स्वास्थ्य जाँचसंगै यात्रामा कडाई समेत गरिरहेकोछ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही