नेपालगन्ज २० मंसिर : भ्रष्टाचार बिरुद्ध आगामी मंसिर २३ गते हुने ‘नेपालगन्ज वाकाथन’मा बहुचर्चित गायक प्रकाश सपूतको उपस्थिति हुने भएको छ । काठमाण्डौंमा बासका कार्यकारी निर्देशक तथा नेपालगन्ज वाकाथन कार्यक्रमका मूल संयोजक नमस्कार शाहसङ्गको भेटमा गायक सपुतले कार्यक्रममा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
भ्रष्टाचार बिरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा डिसेम्बर ९ (मंसिर २३ गते) हुने उक्त कार्यक्रममा गायक सपुतको उपस्थिती सुनिश्चित भएको हो ।
भ्रष्टाचार बिरुद्ध सचेतना जगाउने तथा नेपालगन्जको पहिचानलाई व्यापकता दिने उद्देश्यले पश्चिम नेपालमा पहिलो पटक हुन थालेको वाकाथनमा चर्चीत गायक सपुतको उपस्थितीले सबैलाई थप उत्साहित बनाएको छ । भ्रष्टाचार बिरुद्धको अभियानमा समर्थन जनाउँदै गायक सपुतले कार्यक्रममा उपस्थित रहने बताएका हुन् ।
पछिल्ला केही वर्ष नियमितजसो नेपाली साङ्गीतिक आकाशमा चम्किरहेका कलाकारहरुको श्रेणीमा सपुत अग्र पंतिमा आउँछन् । प्रकाश सपुतको गलबन्दी च्यातियो तिम्ले तानेर, बोल माया, बदला बरी लै लगायतका गितहरु पछिल्लो समय निकै चर्चीत गितहरु हुन् ।
आयोजक संस्था बास नेपाल र ब्यवस्थापन गर्ने संस्था अन्तराल गायक प्रकाश सपुतको उपस्थिती सुनिश्चित भएपछि कार्यक्रमको ब्यवस्थापनलाई थप महत्वका साथ तयारीमा जुटेका छन् । कार्यक्रमलाई ब्यवस्थित, मर्यादित र सबैको साझाँ कार्यक्रमको रुपमा स्थापित गर्न यस क्षेत्रका सबै बर्ग र क्षेत्रको सहभागिता हुने गरी तयारीलाई तिब्रता दिईएको छ ।
‘भ्रष्टाचार बिरुद्धका लागि सँगै हिँडौं’ भन्ने नाराका साथ आयोजना हुने कार्यक्रमले भ्रष्टाचारबिरुद्ध जागरण ल्याउने र नेपालगन्जको पहिचानलाई व्यापकता दिने अपेक्षा गरिएको छ ।
वाकाथन नेपालगन्जको वीपि चोकबाट शुरु भई धम्बोझि चोक, सेतुबिक चोक हुदै, न्यूरोडमा गएर समापन हुने कार्यतालिका रहेकोछ । वाकाथनमा साँस्कृतिक प्रस्तुती, झाँकी प्रद्र्धशन, सडक नाटक, पर्चा, पम्लपेट बितरण, बिभिन्न प्रतियोगिता लगायतका गतिविधिहरु हुनेछन् ।
कार्यक्रममा जो कोही पनि स्वस्फूर्त रुपमा सहभागि भई भ्रष्टाचार बिरुद्धको अभियानमा समर्थन गर्न सरोकारवाला तथा आम नागरिकहरुमा अपील गरिएको छ ।
२००३ डिसेम्बर ९ मा संयुक्त राष्ट्रसंघीय महासभाबाट भ्रष्टाचार बिरुद्ध संयुक्त राष्ट्रसंघीय महासन्धि पारित भएको थियो । कुल १३४ राष्ट्रले हस्ताक्षर गरि महासन्धि पारित गरेको दिनलाई भ्रष्टाचार बिरुद्ध अन्तराष्ट्रिय दिवसको रुपमा बिश्व भर मनाउने गरिएकोछ ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी