देशभर २६५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु


देशभर २६५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

नेपालगन्ज २० मंसिरः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर थप २६५ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।

देशभर गरिएको ७ हजार ११४ पीसीआर र १ हजार ५०३ जनाको एन्टीजेन परीक्षणका क्रममा २६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

यो सँगै कुल संक्रमितको संख्या ८ लाख २२ हजार ८३० जना पुगेको छ । कुल संक्रमितमध्ये ६ हजार ३८६ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३५७ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ४ हजार ९०१ पुगेको छ । उक्त अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४३ पुगेको छ। हाल ९८ जना क्वारेन्टिनमा छन् । ११४ जना आइसीयू र ३२ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।