नेपालगन्ज २० मंसिरः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर थप २६५ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।
देशभर गरिएको ७ हजार ११४ पीसीआर र १ हजार ५०३ जनाको एन्टीजेन परीक्षणका क्रममा २६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै कुल संक्रमितको संख्या ८ लाख २२ हजार ८३० जना पुगेको छ । कुल संक्रमितमध्ये ६ हजार ३८६ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३५७ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ४ हजार ९०१ पुगेको छ । उक्त अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४३ पुगेको छ। हाल ९८ जना क्वारेन्टिनमा छन् । ११४ जना आइसीयू र ३२ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्न सभापति लामिछानेकाे आग्रह
बाबा रामदेवलाई कंगनाकाे चेतावनी- मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्
फेरि नेपालगञ्ज-पोखरा उडान भर्दै बुद्ध एयर
प्रधानमन्त्रीका ‘हर्कत’मा काँध थापिरहेका रवी