नेपालगन्ज २१ मंसिर : कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित नेपालका दुई जना निको भएकाछन् ।
स्वास्थ्य मन्त्रालया अनुसार ओमिक्रोनबाट संक्रमित भएका एक नेपाली र अर्का विदेशी नागरिक दुबैजना संक्रमणमुक्त भएका हुन् । दुवैजनाको रिपोर्ट मंगलबार नेगेटिभ आएको छ ।
मन्त्रालयले यसअघि सोमबार पत्रकार सम्मेलन गर्दै मंसिर ३ गते नेपाल आएका दुईजनामा ओमिक्रोन भेरियन्ट देखिएको जानकारी गराएको थियो । त्यसमा एकजना विदेशी नागरिक थिए भने अर्का नेपाली नागरिक रहेका थिए । उनीहरु दुवैजना क्वारेन्टिनमा रहेका थिए ।