भेरीमा उपचाररत विरामीलाई निर्माण ब्यवसायीद्वारा फलफूल वितरण


भेरीमा उपचाररत विरामीलाई निर्माण ब्यवसायीद्वारा फलफूल वितरण

नेपालगन्ज २२ मंसिर : भेरी अस्पताल नेपालगन्जमा उपचाररत विरामीलाई फलफूल वितरण गरिएकोछ । १४ औं राष्ट्रिय निर्माण दिवसका अवसरमा नेपालगन्जस्थित भेरी अस्पतालमा रहेका अशक्त, असहाय बिरामी तथा सुत्केरीलाई फलफुल वितरण गरिएको हो ।

नेपालमा हरेक वर्ष मंसिर २२ गतेका दिन निर्माण दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेपाल निर्माण ब्यवसायी संघ बाँकेले बुधबार बिहान भेरी अस्पतालमा उपचाररत विरामीहरुलाई फलफूल वितरण गरेको हो ।

भेरी अस्पतालमै पुगेर उपचाररत अशक्त, असहाय बिरामी तथा सुत्केरीलाई सुन्तला, केरा र हर्लिक्स लगायतका सामाग्री वितरण गरिएको निर्माण ब्यवसायी संघ बाँकेका अध्यक्ष टेकबहादुर खड्काले जानकारी दिए ।

निर्माण ब्यवसायी संघ बाँकेका अध्यक्ष खड्काका अनुसार दिवसको अवसरमा करिब ५० जना अशक्त, असहाय बिरामी तथा सुत्केरीलाई वितरण गरिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

‘हरेक वर्ष आजकै दिन हामी निर्माण दिवस मनाउँछौं, दिवसको सन्दर्भमा हामीले अशक्त, असहाय बिरामी तथा सुत्केरीलाई सहयोग गरेका हौं,’ उनले भने । सो क्रममा निर्माण ब्यवसायी संघ बाँकेका अध्यक्ष खड्का, पुर्व जिल्ला अध्यक्ष जितेन्द्र हमाल, लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष सुरेश चन्द, प्रदेश उपाध्यक्ष यज्ञबहादुर खत्री, संघ बाँकेका वरिष्ठ उपाध्यक्ष लिलाराज उपाध्याय, भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर बीरेन्द्र चन्द लगायतको उपस्थिती रहेको थियो ।