नेपालगन्ज २२ मंसिर : देशभर थप २८० जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ९ हजार १६८ पीसीआर र ३ हजार ६ जनाको एन्टीजेन परीक्षणका क्रममा २८० जनामा संक्रमण पुष्टि भएको हो ।
पीसीआर र एन्टीजेन गरी कुल संक्रमितको संख्या ९ लाख १९ हजार ४४ जना पुगेको छ । कुल संक्रमितमध्ये ६ हजार ३५२ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा ३७७ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ५ हजार ५७१ पुगेको छ । उक्त अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४७ पुगेको छ । हाल ९५ जना क्वारेन्टिनमा छन् । १२३ जना आइसीयू र ३० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर २ लाख ८३ हजार १३२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट