डोटी २३ मंसिर : सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका १३ जनाको भेरियन्ट पत्ता लगाउन स्वाब काठमाडौं पठाइएको छ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार कञ्चनपुरको गड्डाचौकी नाकामा एन्टिजेन पुष्टि भएका तीन जना र सेती प्रादेशिक अस्पतालमा कोभिड पुष्टि भएका १० जना गरी १३ जनाको स्वाब काठमाडौं पठाइएको हो ।
सङ्क्रमण पुष्टि भए पनि भेरियन्ट पत्ता लगाउनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब पठाइएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रामप्रसाद ओझाले जानकारी दिए ।
उनका अनुसार कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण नेपालमा पनि पुष्टि भएपछि भेरियन्ट पत्ता लगाउन सङ्क्रमण पुष्टि भएकाको स्वाब काठमाडौं पठाइएको हो । यहाँका प्रयोगशालाले कुन भेरियन्टको भाइरस हो भन्ने पत्ता लगाउन नसक्ने भएका कारण कोरोना पुष्टि भएकाको स्वाब परीक्षणका लागि काठमाडौं पठाउनुपर्ने अवस्था रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
कुन भेरियन्ट हो भनेर हेर्नका निम्ति भाइरसको डिएनए वा आरएनएमा रहेका तत्वको क्रम अर्थात् सिक्वन्स हेर्नुपर्ने भएकाले कोरोना पुष्टि भएकाको स्वाब काठमाडौं पठाउन थालिएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका निर्देशक डाक्टर गुणराज अवस्थीले जानकारी दिए । -रासस
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी