२ जनाको मृत्यु हुदाँ २११ जना कोरोना संक्रमित थपिए


२ जनाको मृत्यु हुदाँ २११ जना कोरोना संक्रमित थपिए

नेपालगन्ज २३ मंसिर : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २११ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । देशभर गरिएको ८ हजार १८ पीसीआर र १ हजार ४३३ जनाको एन्टीजेन परीक्षणका क्रममा थप २११ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म पीसीआर र एन्टीजेन गरी कुल संक्रमितको संख्या ९ लाख १९ हजार २५५ जना पुगेको छ । कुल संक्रमितमध्ये ६ हजार १०५ जना सक्रिय संक्रमित छन् ।

Kanti Aarogya Hospital Nepalgunj

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३२९ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ५ हजार ९०० पुगेको छ । भने उक्त अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४९ पुगेको छ । हाल ९७ जना क्वारेन्टिनमा छन् । १२१ जना आइसीयू र ३० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर ३ लाख ३७ हजार १७२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।