राप्रपाका महामन्त्री राणालाई नेपालगन्जमा भब्य स्वागत, ५१ केजीको माला लगाइयो


राप्रपाका महामन्त्री राणालाई नेपालगन्जमा भब्य स्वागत, ५१ केजीको माला लगाइयो

नेपालगन्ज २३ मंसिर : नेपालगन्जका मेयर डाक्टर धवल शमशेर राणालाई नेपालगन्जमा भब्य स्वागत गरिएकोछ । राप्रपाको हालै सम्पन्न महाधिवेशनबाट सर्वाधिक लोकप्रिय मतका साथ महामन्त्रीमा निर्वाचित राणालाई नेता कर्याकर्ताले नेपालगन्जको धम्बोझी चोकमा भब्य स्वागत गरेका हुन् ।

राप्रपा महामन्त्री डाक्टर राणालाई नेता तथा कार्यकर्ताले ५१ केजी तौल भएको सयपत्री फूलको माला लगाएर स्वागत गरेका हुन् । त्यस अघि नेता कार्यकर्ताले नेपालगन्ज विमानस्थलमा नै पुगेर अविर, माला र खादा लगाएर नाराबाजी गर्दै लावालस्करसहित मेयर राणालाई नेपालगन्ज भित्र्याएका थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

राप्रपाका युवा नेता तथा बाँके २(ख) का अध्यक्ष मोहम्मद सफिक बेहेना लगायतका नेताहरुले नवनिर्वाचित महामन्त्री डाक्टर राणालाई ५१ केजीको माला लगाइदिएर स्वागत गरेका थिए । त्यसपछि अन्य नेता कार्यकर्ताले उनलाई माला, खादा लगाई भव्य स्वागत गरेका थिए ।

महामन्त्री राणाको पक्षमा कार्यकर्ताले नाराबाजी गर्दै धम्बोझीबाट घरबारी टोल हुँदै नगर परिक्रमा गरिएको थियो । राप्रपाको महामन्त्रीमा निर्वाचित भएपछि राणा पहिलोपटक गृहनगर नेपालगन्ज आएका हुन् ।