२३६ जनामा कोरोना संक्रण पुष्टि


२३६ जनामा कोरोना संक्रण पुष्टि

नेपालगन्ज २५ मंसिर : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २३६ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।

देशभर गरिएको ५ हजार ६७२ पीसीआर र ३ हजार ५०६ जनाको एन्टीजेन परीक्षणका क्रममा २५९ जनामा संक्रमण पुष्टि भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

पीसीआर र एन्टीजेन गरी कुल संक्रमितको संख्या ९ लाख १९ हजार ७५० जना पुगेको छ । कुल संक्रमितमध्ये ५ हजार ८८३ सक्रिय संक्रमित छन् । गत २४ घण्टामा ३०७ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ६ हजार ५४४ पुगेको छ । उक्त अवधिमा १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५५३ पुगेको छ । हाल ९८ जना क्वारेन्टिनमा छन् । ११३ जना आइसीयू र २७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर २ लाख ६६ हजार ९८८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।