बाँकेसहित यी जिल्लामा पुस ४ गते मोर्डना खोप लगाइदैँ


बाँकेसहित यी जिल्लामा पुस ४ गते मोर्डना खोप लगाइदैँ

नेपालगन्ज २६ मंसिर : कोरोना भाइरस संक्रमणविरुद्धको मोर्डना खोप आगामी पुस ४ गतेबाट लगाइने भएकोछ ।

सरकारले आगामी पुस ४ गतेबाट बाँकेसहित ५७ वटा जिल्लाका १२ देखि १८ वर्षसम्मका विद्यार्थीलाई लक्षित गरी कोभिड–१९ विरुद्धको खोप मोर्डना लगाउने भएको हो ।

यसका लागि सरकारले देशभरका ५७ वटा जिल्लामा विद्यालयलाई नै खोप केन्द्र बनाई मोर्डना खोप दिन लागेको छ । हिमाली जिल्लामा १०० भन्दा बढी विद्यार्थी रहेका र अन्य जिल्लामा २०० भन्दा बढी विद्यार्थी रहेका विद्यालयलाई खोप केन्द्र तोकिने परिवार कल्याण महाशाखाअन्तरगत खोप शाखाले जनाएको छ ।

यसअघि फाइजर खोप दिइएका जिल्लाहरू (काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुली, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, काभ्रे, कास्की, बागलुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेलधुरा) मा भने मोर्डना खोप दिइने छैन । यी जिल्लामा थप फाइजर खोप आएपछि दोस्रो डोज दिइनेछ ।

Kanti Aarogya Hospital Nepalgunj

यीबाहेकका ५७ जिल्लामा भने पुस ४ गतेदेखि नियमित मोर्डना खोप दिइने शाखाले जनाएको छ । १२ देखि १८ बर्षसम्मका बालबालिकालाई दिन नेपालमा कोभ्याक्स सुबिधामार्फत् ५८ लाख पाँच हजार २०० डोज मोडर्ना खोप आइसकेको छ ।

मोर्डना खोप दिइने जिल्लाहरू

इलाम, पाँचथर, ताप्लेजुङ, भोजपुर, धनकुटा, तेह्रथुम, संखुवासभा, सिराहा, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, महोत्तरी, सर्लाही, रामेछाप, दोलखा, बारा, रौतहट, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपलाञ्चोक, मकवानपुर, गोर्खा, लमजुङ्, स्याङ्जा, तनहुँ, मनाङ, कपिलवस्तु, नवलपरासी, अर्घाखाँची, गुल्मी, पाल्पा, म्याग्दी, पर्वत, मुस्ताङ, प्युठान, रोल्पा, रुकुम, सल्यान, बर्दिया, दैलेख, जाजरकोट, डोल्पा, हुम्ला, जुम्ला, कालीकोट, मुगु, अछाम, डोटी, बझाङ, बाजुरा, कञ्चनपुर, बैतडी र दार्चुला ।