२५४ जना कोरोना संक्रमित थपिए


२५४ जना कोरोना संक्रमित थपिए

नेपालगन्ज २६ मंसिर : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २५४ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।

देशभर गरिएको ६ हजार २६८ पीसीआर र २ हजार ४१४ जनाको एन्टीजेन परीक्षणका क्रममा २५४ जनामा संक्रमण पुष्टि भएको हो ।

पीसीआर र एन्टीजेन गरी कुल संक्रमितको संख्या ९ लाख २० हजार ४ जना पुगेको छ । कुल संक्रमितमध्ये ५ हजार ८९० सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २५४ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ६ हजार ७७८ पुगेको छ । उक्त अवधिमा १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५५३ पुगेको छ । हाल ९५ जना क्वारेन्टिनमा छन् । ११८ जना आइसीयू र ३४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

पछिल्लो २४ घण्टामा देशभर ६९ हजार ५८० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।