नेपालगन्ज २६ मंसिर : कोरोनाबाट प्रभावित भई रोजगारी गुमाउन बिबश खजुराका एक सय २५ बिपन्न परिवारलाई ग्रुप फर टेक्निकल एसिस्टेन्सले चामल, खानेतेल दाल सहितको खाद्य सामाग्री बिरतरण गरेको छ ।
गिभ टु एशियाको सहयोगमा खजुरा गाउपालिकासंग समन्वय गरेर प्रति परिवार चामल १ बोरा, चना २ केजि, आलु २ केजि, प्याज २ केजि, नुन १ प्याकेट, खाने तेल १ लिटर, सोयाबडी १ प्याकेट, चिनी २ केजि, मसाला १ प्याकेट र कोभिड किट १ सेट बितरण गरेको ग्रुप फर टेक्निकल एसिस्टेन्सका सचिब भोलानाथ चौधरीले बताए ।
राहत बितरणले गरिब तथा बिपन्न नागरिकलाई ठुलो सहयोग भएका वडाध्यक्ष कान्तुराम गौतमले बताए ।
ग्रुप फर टेक्निकल एसिस्टेन्सले करिब दुई महिना पहिले नेपालगन्ज उपमहानगर पालिकासंग समन्वय गरेर नेपालगन्जमा पनि ३ सय गरिब तथा बिपन्न परिबारलाई खाद्यान्न सामाग्री बितरण गरेको थियो ।
बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानको पूर्ण कार्यान्वयन राष्ट्रिय संकल्प हुनुपर्छ : राष्ट्रपति