होटेल कल्पतरुमा अल्मोडा आउदैँ


होटेल कल्पतरुमा अल्मोडा आउदैँ

नेपालगन्ज: नेपालगन्ज न्यूरोडस्थित होटेल कल्पतरुमा शुक्रबार चर्चित गायक अल्मोडा राना उप्रेती आउदैछन् । न्यू नेपाल एड्भरटाईजिङ्ग सर्भिस नेपालगन्जको आयोजनामा हुन लागेको समर लाइभ कन्र्सटमा अल्मोडा आउन लागेको आयोजकले जनाएकोछ ।

समर लाईभ कन्र्सटका बारेमा जानकारी दिन बिहीबार नेपालगन्जमा आयोजित पत्रकार भेटघाटमा आयोजक न्यू नेपाल एड्भरटाइजिङ्ग सर्भिसका प्रज्वल श्रेष्ठले बताए ।

उनले भने आन्तरिक पर्यटन प्रर्वद्धनसगैं समरको भरपुर आनन्द लिन कन्र्सट आयोजना गरिएको हो । जहाँ चर्चित कम्पोजर तथा सिंगर अल्मोडा राना उप्रेतीको विशेष सांगेतिक कार्यक्रम गरिनेछ । श्रेष्ठले भने यसका साथसाथै एक्स डिजे डी म्यास ब्याण्डको पनि सहभागिता रहनेछ ।
जसका लागि जावलाखेल ग्रुप अफ ईन्ड्रस्टिजको नमस्ते वियारले स्पोन्सर गरेकोछ भने एकेडेमी पार्टनर ट्विस्ट वार एकेडेमी, टिकट पार्टनर आफ्नो टिकट र हस्पिटालिटीका लागि लोर्डस् ईन कल्पतरुले गरेको छ ।

कन्र्सटको सम्पूर्ण तयारी भइसकेको बताउदै श्रेष्ठले भने कन्र्सट प्रवेशका लागि दुई हजार, एक हजार र पाँचसयको टिकट व्यवस्था गरिएकोछ । जहाँ दुई हजार टिकट लिने कपलले वीयर, डिनरको आनन्द लिनसक्नेछन् । यस्तै एक हजारको टिकट लिएकाले एक बोतल वीयर पाउनेछन् तथा पाँच सयको टिकट लिएकाले सुविधा लिन अतिरिक्त शूल्क तिर्नुपर्नेछ ।

Kids Festival 2022
kanti aarogya hospital

शुक्रबार बेलुका ७ बजेदेखि राती १० बजे सम्म आयोजना हुने कन्र्सटको सुरक्षा व्यवस्था कडा पारिएको बताउदै आयोजक न्यू नेपाल डभरटाईजिङ्ग सर्भिसका प्रज्वल श्रेष्ठले भने हामी १८ वर्षमुनिकालाई कन्र्सटमा प्रवेश रोक लगाइनेछ । खरिद गरेको टिकटमा रहेको कोडबाट १५ प्रतिशत छुट व्यवस्था गरिएकोछ । तर यो अफर जुन १ तारिखबाट लागु भइ ३१ अगष्टमा सकिनेछ ।