एक वर्ष मै राजनीतिमा ह्याट्रिक मारेका कमरेड ‘सुर्य’


एक वर्ष मै राजनीतिमा ह्याट्रिक मारेका कमरेड ‘सुर्य’

नेपालगन्ज २७ मंसिर : एमालेको केन्द्रिय सदस्य हुदैँ बाँके जिल्लाको इन्चार्ज भएपछि सुर्य ढकाल यति बेला चर्चामा छन् । अखिल र युवा संघको केन्द्रित तह हुदँै एमाले बाँकेको राजनीतिमा सक्रिय भएका ढकालले पछिल्लो एक वर्षमा पार्टी अध्यक्ष, केन्द्रिय सदस्य र पार्टीको इन्चार्ज भएर राजनीतिमा ह्याट्रिक नै गरे ।

एमाले र माओबादी एकता भएर बनेको नेकपामा लो प्रोफाइलमा रहेका ढकाल नेकपाको बिबादका बेला पार्टी अध्यक्ष केपीको पक्षमा दृढता पुर्बक उभिए । सर्बाेच्च अदालतले एमाले र माओबादीलाई अलग–अलग गरिदिए पछि पनि एमालेमा अध्यक्ष ओली र बरिष्ठ नेता माधब नेपालबिच बिबाद बढ्यो ।

एमाले बाँकेका अध्यक्ष, उपाध्यक्ष र सचिब माधब नेपालको समहुमा सक्रिय भएपछि पार्टीको पदाधिकारीसम्म हुन नसकेका ढकाललाई अध्यक्ष ओलीले बाँके जिल्लाको अध्यक्षमा मनोनित गरेर बाँके जिल्लाको कमान्डर बनाइ दिए । बाँके जिल्लाको कमान्डर भएपछि लामो समयदेखि सांगठनिक गतिबिधि नभएर निस्क्रिय रहेको एमालेको संगठनलाई सुर्यले चलायामान बनाए । पार्टी र जनबर्गीय संगठनलाई सक्रिय पारे ।

माधब नेपालको पक्षमा रहेका जिल्ला तहका नेता र कार्यकर्तालाई एमाले मै गोलबन्द गराए । अन्य पार्टीमा रहेका नेता तथा कार्यकर्ताहरुलाई एमालेमा प्रबेश गराएर सुर्यको नेतृत्वमा रहेको एमालेको टिमले पार्टी बिभाजनपछि पुगेको क्षतिलाई कम गर्दै पार्टीलाई थप मजबुद बनाए । पार्टीको कामै गरेर सुर्यले महासचिब शंकर पोखरेल देखि अध्यक्ष केपी ओलीको बिश्वास जिते । पार्टी नेतृत्वको बिश्वास जितेकै कारण सुर्य एमालेको केन्द्रिय सदस्य बने ।

Kids Festival 2022
kanti aarogya hospital
add

बाँके जिल्लाबाट आफु भन्दा बरिष्ठ नेता पार्टीको केन्द्रिय सदस्य रहँदा रहँदै सुर्यले पार्टीको इन्चार्जको जिम्मेबार पाए । पार्टीको नेतृत्वले पनि काम गर्ने र नगर्ने नेता तथा कार्यकर्ताको मुल्यांकन गरेर जिम्मेबारी दिन्छ भन्ने सन्देश दियो । पार्टीको नेतृत्वमा पुग्ने तर, पार्टीको काम गर्न नसक्ने केहि नेताहरुका लागि सुर्यले इन्र्चाज पाउँदा ठुलै झड्का लाग्यो । झड्का लाग्नु पनि स्वभाबिकै हो किन भने कम्युनिष्ट पार्टीका पार्टीको इन्चार्ज शक्तिशाली र महत्वपुर्ण पद हो ।

४९ वर्षिय सुर्यले राजनीति शुरु गरेको झण्डै ३० वर्षपछि पार्टीको केन्द्रिय सदस्य र पार्टीको इन्चार्ज शक्तिशाली र महत्वपूर्ण पद प्राप्त गरेका छन् । अखिल, युवा संघ र पार्टी मै लामो समय काम गरेका कारण सुर्यका लागि जिल्ला इन्चार्ज पद राजनीतिक करियर कै सुर्बण अवसर हो ।

उनले यो अवसरलाई कसरी अगाडि बढाउँछन् त्यसैमा उनको भविश्यको राजनीति निर्भर हुनेछ । जिम्मेवारी प्राप्त गर्नु भन्दा चुनौतीपूर्ण काम जिम्मेवारी प्राप्त गरेको पदमा उत्कृष्ट काम गरेर देखाउनु हुन्छ । सानो गुटमा रमाउने, खुराफात धेरै गर्ने जस्ता आरोप सुर्य माथि लाग्ने गरेको छ ।

पार्टीको जिम्मेवारीपूर्ण पदमा पुगेपछि सानो गुटमा रमाउने, खुराफात धेरै गर्ने नेताको परिचय छाडेर सबै नेता कार्यकर्तालाईलाई बिश्वासमा लिएर पार्टीलाई अगाडि बढाउनु पर्ने चुनौती सुर्य सामु छ ।

पार्टीलाई एकताबद्ध बनाएर निकट भविश्य नै हुने स्थानीय, प्रदेश र संघीय निर्वाचनमा बाँकेका स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई जिताएर देखाउनु पर्ने जिम्मेवारी सुर्यको काँधमा छ । त्यो जिम्मेवारीमा उनी कत्तिको खरो उत्रन्छन् त्यो भने हेर्न बाँकी नै छ ।