नेपालगन्जलाई स्वास्थ्य हवको रुपमा प्रबर्द्धन गरिदैं


नेपालगन्जलाई स्वास्थ्य हवको रुपमा प्रबर्द्धन गरिदैं

नेपालगन्ज २८ मंसिर : नेपालगन्ज उप–महानगरपालिकाले शहरलाई स्वास्थ्य हवको रुपमा अघि बढाउन प्रोत्साहन र प्रबर्द्धनमा सहयोग पु¥याउने भएको छ ।

मंगलबार स्वास्थ्य सम्बन्धी जानकारीमुलक छलफल तथा अस्पतालजन्य फोहरमैला व्यवस्थापन सम्बन्धी छलफल तथा समिक्षा कार्यक्रममा नगर प्रमुख डाक्टर धवलशम्शेर राणाले नेपालगन्ज पश्चिम नेपालका तीन प्रदेशका नागरिकले स्वास्थ्य सेवा लिने सबैभन्दा ठुलो शहर भएको भन्दै यसलाई स्वास्थ्यको हबको रुपमा अघि बढाउन उपमहानगरपालिकाका तर्फबाट आवश्यक सहयोग प्रदान गरिने बताए ।

प्रोत्साहन र प्रबद्र्धनका लागि तत्काल कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन गरिएको नगर प्रमुख राणाले बताए ।

अस्पतालजन्य फोहर ब्यवस्थापन सबै अस्पतालका लागि चुनौती भएको भन्दै उनले उपमहानगरपालिकाले जिआईजेडको सहकार्यमा अस्पतालजन्य फोहर ब्यवस्थापनका लागि प्रशोधन केन्द्र निर्माण गरेर सञ्चालन हुने चरणमा पुगेको जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले नेपालगञ्जमा संख्यात्मक रुपमा धेरै स्वास्थ्य संस्था भएपनि आम नागरिकलाई सहजताका लागि कार्यक्रम सञ्चालन गर्न लागिएको बताए । वाताबरण शाखा प्रमुख प्रकाश डिसीले नेपालगन्जका अस्पतालबाट दैनिक एकहजार २४२ किलोग्राम अस्पताल जन्य फोहर उत्पादन हुने जानकारी दिदै प्रशोधन केन्द्र सञ्चालन भएपछि अस्पतालजन्य फोहर ब्यवस्थापनमा सहज हुने बताए ।

उप–महानगरपालिका सहित निजी स्वास्थ्य संस्थाका सञ्चालक, चिकित्सक, स्वास्थ्यकर्मी, औषधी ब्यवस्था विभाग, रेडक्रस सोसाईटी लगायतका संघ संस्थाका प्रतिनिधी सम्मिलित बैठकबाट प्रशोधन केन्द्रबाट अस्पताल जन्य फोहर ब्यवस्थापनको निश्चित मापदण्ड, शुल्क निर्धारण लगायतका विषयमा १५ दिनभित्र प्रतिवेदन पेश गर्ने गरि नेपालगन्ज उपमहानगरपालिकाका वाताबरण शाखा प्रमुख डिसीको संयोजकत्वमा र नेपालगन्ज उपमहानगरपालिकाका विशेषज्ञ चिकित्सक डाक्टर प्रकाश नागको संयोजकत्वमा मेडिकल हबका लागि गर्न सकिने आवश्यक प्रोत्साहन र प्रवद्र्धनात्मक कार्यक्रमबारे प्रतिवेदन पेश गर्न समिति गठन गरिएको छ । दुबै समितिले १० दिनभित्र प्रतिवेदन उपमहानगरपालिकामा बुझाउनेछन् ।