नेपालगन्ज २८ मंसिर : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६४ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ९ हजार ३९२ पीसीआर र ४ हजार ३१७ जनाको एन्टीजेन परीक्षणका क्रममा २६४ जनामा संक्रमण पुष्टि भएको हो ।
पीसीआर र एन्टीजेन गरी कुल संक्रमितको संख्या ९ लाख २० हजार ६०९ जना पुगेको छ । कुल संक्रमितमध्ये ५ हजार ६८९ सक्रिय संक्रमित छन् । गत २४ घण्टामा ३६२ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ७ हजार ५१६ पुगेको छ । उक्त अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५५९ पुगेको छ । हाल ९६ जना क्वारेन्टिनमा छन् । १२० जना आइसीयू र २७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर २ लाख ३६ हजार ४८२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?
खुल्यो कृष्णभीर