नेपालगन्ज २९ मंसिर : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८० जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ९ हजार २१२ पीसीआर र २ हजार ७८२ जनाको एन्टीजेन परीक्षणका क्रममा २८० जनामा संक्रमण पुष्टि भएको हो ।
पीसीआर र एन्टीजेन गरी कुल संक्रमितको संख्या ९ लाख २० हजार ८८९ जना पुगेको छ । कुल संक्रमितमध्ये ५ हजार ६३५ सक्रिय संक्रमित छन् ।
गत २४ घण्टामा ३०० जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ७ हजार ८१६ पुगेको छ । उक्त अवधिमा ६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५६५ पुगेको छ । हाल ९६५ जना क्वारेन्टिनमा छन् । ११२ जना आइसीयू र २५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५२३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?
खुल्यो कृष्णभीर