जर्मनद्वारा नेपाललाई कोरोना विरुद्धको साढे ४१ लाख खोप प्रदान


जर्मनद्वारा नेपाललाई कोरोना विरुद्धको साढे ४१ लाख खोप प्रदान

नेपालगन्ज १ पुष : नेपालले कोरोना भाइरस विरुद्धको साढे ४१ लाख डोज खोप पाएकोछ ।

कोभिड १९ विरुद्धको मोडर्ना र जोन्सनको करिब साढे ४१ लाख डोज खोप नेपाललाई जर्मन सरकारले हस्तान्तरण गरेको हो ।

नेपालका लागि जर्मनीका राजदूत डाक्टर स्टेफन रुसेकले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई आज मोडर्ना र जोन्सनको ४१ लाख ४२ हजार २५० डोज खोप हस्तान्तरण गरे ।

कोभ्यास सुविधा मार्फत उक्त खोप जर्मन सरकारले उपलब्ध गराएको हो । मोडर्ना खोप पुस ४ देखि देशभरका १२ देखि १८ वर्ष सम्मका करिब १८ लाख बालबालिकालाई लगाईदैछ ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै, एक डोज मात्र लगाए पुग्ने जोन्सन खोपको ७ लाख १९ हजार ६५० डोज आज नै नेपाल आएको छ । २१ लाख ७६ हजार जोन्सन खोपमध्ये यो पहिलो खेप नेपाल आएको हो । यसअघि आइतबार १९ लाख ६५ हजार ६०० डोज खोप नेपाल आइसकेको छ ।