नेपालगन्ज १ पुष : नेपालले कोरोना भाइरस विरुद्धको साढे ४१ लाख डोज खोप पाएकोछ ।
कोभिड १९ विरुद्धको मोडर्ना र जोन्सनको करिब साढे ४१ लाख डोज खोप नेपाललाई जर्मन सरकारले हस्तान्तरण गरेको हो ।
नेपालका लागि जर्मनीका राजदूत डाक्टर स्टेफन रुसेकले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई आज मोडर्ना र जोन्सनको ४१ लाख ४२ हजार २५० डोज खोप हस्तान्तरण गरे ।
कोभ्यास सुविधा मार्फत उक्त खोप जर्मन सरकारले उपलब्ध गराएको हो । मोडर्ना खोप पुस ४ देखि देशभरका १२ देखि १८ वर्ष सम्मका करिब १८ लाख बालबालिकालाई लगाईदैछ ।
यस्तै, एक डोज मात्र लगाए पुग्ने जोन्सन खोपको ७ लाख १९ हजार ६५० डोज आज नै नेपाल आएको छ । २१ लाख ७६ हजार जोन्सन खोपमध्ये यो पहिलो खेप नेपाल आएको हो । यसअघि आइतबार १९ लाख ६५ हजार ६०० डोज खोप नेपाल आइसकेको छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?
खुल्यो कृष्णभीर