नेपालगन्ज २ पुष : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८४ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ७ हजार २३० पीसीआर र ३ हजार ७८८ जनाको एन्टीजेन परीक्षणका क्रममा १८४ जनामा संक्रमण पुष्टि भएको हो ।
पीसीआर र एन्टीजेन गरी कुल संक्रमितको संख्या ९ लाख २१ हजार ७३ जना पुगेको छ । कुल संक्रमितमध्ये ५ हजार ५२६ सक्रिय संक्रमित छन् । गत २४ घण्टामा २६७ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ८ हजार ८३ पुगेको छ । उक्त अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५६७ पुगेको छ। हाल ९६ जना क्वारेन्टिनमा छन् । १११ जना आइसीयू र २८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर २ लाख ४० हजार ५६४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।