कोरोनाबाट थप ३ जनाको मृत्यु, थपिए २७४ संक्रमित


कोरोनाबाट थप ३ जनाको मृत्यु, थपिए २७४ संक्रमित

नेपालगन्ज २ पुष : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७४ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ७ हजार ६९१ पीसीआर र १ हजार ३२५ जनाको एन्टीजेन परीक्षणका क्रममा २७४ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख २५ हजार ४४५ जना पुगेको छ । कुल संक्रमितमध्ये ५ हजार ५२२ जना सक्रिय संक्रमित छन् ।

Kanti Aarogya Hospital Nepalgunj

गत २४ घण्टामा २७० जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ८ हजार ३५३ पुगेको छ । उक्त अवधिमा ३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५७० पुगेको छ। हाल ९८ जना क्वारेन्टिनमा छन् । १०४ जना आइसीयू र २५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।