नेपालगन्ज २ पुष : बाँकेको बैजनाथ गाँउपालिकालाई स्वास्थ्य भवन हस्तान्तरण गरिएकोछ । जापान सरकारको आर्थिक सहयोगमा आड्रा नेपाल तथा इन्रुडेक बाँकेको प्राविधिक सहयोगमा सञ्चालित ‘नवजात शिशु तथा बाल स्वास्थ्य सुधार परियोजना’ अन्र्तगत निर्माण तथा स्तरोन्नती गरिएका दुई स्वास्थ्य संस्थाका भवन बैजनाथ गाउँपालिकालाई शुक्रबार एक समारोहका बीच हस्तान्तरण गरिएको हो ।
परियोजनाले बैजनाथ गाउँपालिका वडा नम्बर–१ चिसापानीमा प्रसुती गृह, शौचालय निमार्ण वाइरिङ, रङरोगन गरी कुल ७ (बरण्डा) सहितको भवन निर्माण गर्नुको साथै वडा नम्बर–५ बनकटुवा प्राथमिक स्वास्थ्य चौकीको स्तरोन्नती सम्पन्न गरेकोछ ।
हस्तान्तरण कार्यक्रममा स्थानीय साझेदार संस्था इन्रुडेक बाँकेका अध्यक्ष धर्मलाल रोकायाले गैर सरकारी संस्थाहरुले सञ्चालन गरेका परियोजनाहरुको समय अवधि निश्चित समयका लागि हुने हुँदा यसको संरक्षण गर्नाका लागि स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुने बताए ।
उनले स्थानीय संघ संस्थाहरु संग आफ्नै आर्थिक श्रोत नहुने तर अन्तरराष्ट्रिय गैर सरकारी संस्थाहरु संगको समन्वयमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने हुँदा नवजात शिशु तथा बाल स्वास्थ्य सुधार परियोजनाको लक्ष्य पुरा भएको दाबी गरे ।
सो कार्यक्रमम जापान आड्रा प्रतिनिधि तथा परियोजना व्यवस्थापक युका ओनिसीले आफु विगत ३ वर्षदेखि बाँके जिल्लामा परियोजनामा आबद्ध रहेर काम गर्दै आइरहेको बताउँदै परियोजना सफल बनाउन स्थानीय सरकार र साझेदार संस्थाको योगदान प्रति कृतज्ञ रहेको बताइन् ।