नेपालगन्ज ४ पुष : अचानक बढेको चिसोका कारण बाँकेसहित लुम्बिनी प्रदेशको विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । अत्यधिक चिसोका कारण बालबालिका र बृद्धा बढी प्रभावित भएका छन् । ह्वात्तै बढेको चिसोले यसक्षेत्रको जनजीवन थप कष्टकर बन्दै गएको छ । केहीदिनदेखि दिनभरीजसो घाम लागेपनि बिहीबारदेखि चिसो हावासंग चिसो बढेको थियो ।
चिसोका कारण नेपालगन्जमा सर्वसाधरणको उपस्थित पातलिएकोछ । आज आईतबार नेपालगन्जमा सर्वसाधरणको चहलपहल अन्यदिनभन्दा पातलिएकोछ । चिसो छल्न सर्वसाधरण तथा ब्यापारिहरु आ–आफ्ना घर, पसल अगाडी आगो बालेर न्यानो बनिरहेकाछन् ।
चिसो मौसममा बालबालिकालाई विशेष गरी श्वास प्रश्वासमा समस्या देखिने, बृद्घ बृृद्घामा जाडोले कठ्याग्रिने, हाड जोर्नी दुख्ने र शीतलहरले ज्यानसमेत जान सक्ने गम्भीर समस्या उत्पन्न हुनेगर्छ । चिकित्सकले चिसो बढ्दै जाँदा बालबालिका, बृद्धबृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्तिको विशेष ख्याल गर्न आग्रह गरेका छन् ।
वर्षेनी चिसोका कारण कठ्याङ्ग्रिएर सर्वसाधारणको मृत्यु हुने गरेको छ । चिसो बढ्न थालेपछि रुघाखोकी, ज्वरो, झाडापालाका बिरामी बढ्नसक्ने भएकाले स्वास्थ्य सर्तकता अपनाउन चिकित्सकको सुझाव छ ।
यसैबीच, देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । चिसो बढ्ने क्रममा रहेको र यो क्रम अझै केहीदिन चल्ने हुँदा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका हुन् ।
महाशाखाका अनुसार आज देशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । अहिले बिहान पहाडी भू–भागहरूमा आंशिक बदली रही सुदूरपश्चिम, लुम्बिनीसहित तराईका भू–भागका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
आज राति प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान महाशाखाले गरेको छ । हाल देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी