गाउँपालिकाद्वारा स्वास्थ्य कर्मचारीलाई सम्मान
डुडुवा (बाँके) ४ पुष : बाँके डुडुवा गाउँपालिकाको स्वास्थ्य शाखाले वनभोज तथा कर्मचारी सम्मान कार्यक्रम गरेको छ । बर्दियाको पर्यटकीय स्थल तथा सिमसार क्षेत्र सतखलुवामा सम्मान कार्यक्रम गरिएको हो । सो अवसरमा बाँके जिल्लामै स्वास्थ्य क्षेत्रमा पहिले स्थान हाँसिल गरेको डुडुवाले स्वास्थ्य चौकी इन्चार्ज तथा कर्मचारीलाई सम्मान गरेको छ ।
वनभोजका क्रममा आयोजित कार्यक्रममा लुम्विनी प्रदेश वन, वातावरण तथा भूमि व्यवस्था मन्त्री सुरेन्द्र बहादुर हमाल, जिल्ला समन्वय समिति बाँकेका उपसंयोजक ज्ञानेन्द्र चौधरी, गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, काँग्रेस प्रदेश अधिबेशन प्रतिनिधी राजकुमार साहुले स्वास्थ्य सेवा प्रवाहमा प्रभावकारी भुमिका निर्वाह गर्ने स्वाथ्य शाखा इन्चार्ज तथा कर्मचारीहरुलाई कदरपत्र प्रदान गरे ।
डुडुवाले सञ्चालन गरेको घरघरमा स्वास्थ्य सेवा अभियानले स्वास्थ्य क्षेत्रमा विशेष उपलब्धी हाँसिल गरेको प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताए । डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्पादनमा उत्कृष्ट काम गरेको आधारमा स्वास्थ्य कार्यालय बाँकेले विभिन्न सूचकको आधारमा उत्कृष्ठ छनोट गरेको जनाएको छ ।
डुडुवाले प्रदान गर्ने स्वास्थ्य सेवाका बारेमा जिल्लाले गरेको मूल्यांकनमा सबै भन्दा बढी ७६ अंक ल्याएर जिल्लाकै उत्कृष्ट स्थानीय तह भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले बताए । उनका अनुसार मूल्याकनका क्रममा पालिकाले स्वास्थ्य सेवा अन्र्तगत विभिन्न सूचकको आधारमा उत्कृष्ट देखिएको हो ।
डुडुवा गाउँपालिकाले विगतका वर्षदेखि नै स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखी घर घरमा स्वास्थ्य सेवा अभियान संचालन गर्दै आएको छ । अहिले पालिकाका तीन वटा स्थानमा निःशुल्क प्रयोगशाला, जेष्ठ नागरिक गाउँपालिका अध्यक्ष कार्यक्रम, दुई वटा एम्बुलेन्सको व्यवस्था, सबै स्थानमा सुविधा सम्पन्न आधारभुत सेवा, टाढा तथा सेवाबाट बञ्चितीकरणमा परेको गाउँमा दुई वटा थप स्वास्थ्य एकाइको स्थापना, नेपाल सरकारले उपलब्ध गराउने औषधी बाहेक थप मधुमेह, प्रेसर, तथा जटिल रोगको उपचारका लागि निःशुल्क औषधीको व्यवस्था, गाउँघर क्लिनिक, खोप, प्रसुती सेवा र स्वास्थ्य समस्या आउने वित्तिकै घरमै स्वास्थ्यकर्मीद्वारा सेवा प्रदान जस्ता कार्यक्रम गर्दै आएको डुडुवा स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताए ।
सम्मान कार्यक्रमपछि सांस्कृतिक कार्यक्रममार्फत मनोरञ्जन समेत गरिएको थियो । कार्यक्रममा गाउँपालिका अन्र्तगत ६ वटा स्वास्थ्य चौकीका सम्पुर्ण स्वास्थ्यकर्मी लगायत अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी