नेपालगन्ज ५ पुष : स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार देशभर पछिल्लो २४ घण्टामा २२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको २ हजार ७२५ जनाको पीसीआर परीक्षणमा २१८ र १ हजार ४१६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २ जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २६३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।