कोरोनाबाट थप ३ जनाको मृत्यु, देशभर ५२४२ जना सक्रिय संक्रमित


कोरोनाबाट थप ३ जनाको मृत्यु, देशभर ५२४२ जना सक्रिय संक्रमित

नेपालगन्ज ६ पुष : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार २४२ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयले मंगलबार गरेको अध्यावधिक तथ्यांक अनुसार देशभर ५ हजार २४२ जना सक्रिय संक्रमित रहेका हुन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९० संक्रमित थपिँदा २३२ जना निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २६ हजार २०६ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९६ हजार २१ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ८ लाख ९ हजार ३८७ जना निको भएका छन् भने मृतकको कुल संख्या ११ हजार ५७७ जना पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३१ देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ देखि ४० वर्ष उमेर समूहका सबैभन्दा धेरै ५५ जनामा कोरोना पुष्टि भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

मन्त्रालयका अनुसार संक्रमित भएको उमेर समूह यस्तो रहेकोछ ।
०–१० वर्ष –३
११–२० वर्ष –१८
२१–३० वर्ष –५३
३१–४० वर्ष – ५५
४१–५० वर्ष – ४२
५१–६० वर्ष – ४५
६१–७० वर्ष –१९
७१–८० वर्ष – १२
८० वर्षभन्दा माथि –४
अज्ञात– १