कोहलपुर ६ पुष : बाँकेको कोहलपुर स्थित बागेश्वरी एकेडमी स्कुलमा सञ्चालन गरिएको एक दिने स्वास्थ्य शिबिरमा ६ सय ९० जना बिद्यार्थीको मुटु र आँखा चेक जाँच गरिएको छ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत बरिष्ठ बाल रोग बिशेषज्ञ डाक्टर पियूस कनोडिया र बरिष्ठ फिजिसियन डाक्टर आशिम किदवाई लगायतका चिकित्सकहरुको टोलीले बिद्यार्थीहरुको मुटुको चेक जाँच गरेका थिए ।
नर्सरी देखि कक्षा ७ सम्मका बिद्यार्थीको मुटु चेक जाँच गर्दा ५ जना बिद्यार्थीमा मुटु रोग सम्बन्धी समस्या देखिएको छ । एक जना बिरामीको मुटुमा प्वाल परेको र ४ जना बिरामीको मुटुको भल्बमा समस्या देखिएको चेक जाँचमा संलग्न बरिष्ठ फिजिसियन डाक्टर आशिम किदवाईले बताए ।
बिरामीहरुलाई मुटु रोग भएको आशंका भएका बिद्यार्थीहरुको इको गरेर मुटु रोग भए नभएको यकीन गरिएको थियो । मुटुमा प्वाल परेका र भल्बमा समस्या भएका बिद्यार्थीहरुलाई थप उपचारका लागि काठमाण्डौँको गंगालाल हृदय रोग अस्पतालसंग समन्वय गरेर उपचारको ब्यवस्था मिलाईने डाक्टर किदवाइले बताए ।
त्यसैगरी करिब ६ सय जना बिद्यार्थीहरुको आँखा चेक जाँच गरिएको थियो । चेक जाँचका क्रममा १५ जना बिद्यार्थीमा टाढा नदेख्ने समस्या देखिएको छ । उनीहरुलाई चश्मा लगाउन चिकित्सकहरुले सुझाब दिएका छन् । त्यसै गरी २ जना बालबालिकाको आँखा डेढो देखिएको छ । आँखा डेढो भएका कारण दृष्टिमा समस्या भएका बिद्यार्थीहरुको पनि उपचार समस्या समाधान गर्न सकिने आँखा चेक जाँचमा संलग्न नेपालगन्ज आँखा अस्पतालका कार्यकारी अधिकृत बद्री श्रेष्ठले बताए ।
कोरोना संक्रमणको जोखिमका कारण लामो समयसम्म घरमै बस्न बिवश बिद्यार्थीहरुको स्वास्थ्य अवस्था पत्ता लगाई उनीहरुको पठन पाठ्नलाई प्रभबारी बनाउने उद्देश्यले बिद्यालयले स्वास्थ्य शिबिरको आयोजना गरेको बिद्यालयका अध्यक्ष किशन गुरुङले बताए ।
स्वास्थ्य शिबिरको उद्घाटन कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत, नेपाली सेनाको नम्बर–४ बाहिनीका प्रमुख सहायक रथी हरेन्द्र पाठक, बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री लगायत बिद्यालयका सञ्चालक र अभिभाबकहरु सहभागी थिए ।