नेपालगन्ज : खजुराका हावाहुरी प्रभावितलाई नगद राहत वितरण गरिएकोछ । गाउँ कार्यपालिका सदस्य भागीरत सुनारको संयोजकत्वमा हावाहुरी प्रभावितको क्षतीको विवरण अनुसार नगद राहत वितरण गरिएको हो ।
खजुरा गाँउपालिकाले हावाहुरीबाट प्रभावितलाई नगद ३ हजारदेखि १० हजारसम्म राहत वितरण गरेको हो । गत वैशाख १९ गते आएको हावाहुरीका कारण खजुरा गाउँपालिकाका प्रभावित ५८ घरपरिवारलाई शनिबार नगद राहत सहयोग गरिएको छ ।
गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले पीडितहरुलाई राहत रकम वितरण गरेका हुन् । प्रहरी, रेडक्रम र वडाको सिफारिसमा हावा हुरी प्रभावितको तथ्यांक संकलन गरिएको थियो । हावा हुरीबाट प्रभावितलाई गाँउपालिकाले राहत प्रदान गर्ने यसअघि घोषणा गरेको थियो । पूर्व घोषणा कार्यक्रम अन्र्तगत राहत प्रदान गरिएको गाँउपालिकाले जनाएकोछ।