देशभर थप २७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि


देशभर थप २७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालगन्ज १२ पुष : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १० हजार ८८६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २५१ र एन्टिजेन विधिबाट २० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप २२५ जना संक्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख ११ हजार ५ जना संक्रमणमुत्त भइसकेका छन् । नेपालमा निको हुने दर ९८ प्रतिशत रहेको छ । हाल देशभर ४ हजार ९३१ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै थप १ जनाको मृत्यु भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९३१ जना रहेको छ । जसमध्ये ४ हजार ६९४ जना होम आइसोलेसनमा रहेका छन् भने २३७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७८ जना आईसीयू र २३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।