नेपालगन्ज १५ पुष : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ८ हजार ८९७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २३५ र एन्टिजेन विधिबाट ६ जनामा संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप २२८ जना संक्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल संक्रमितमध्ये ८ लाख ११ हजार ७४६ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९८ प्रतिशत रहेको छ । हाल देशभर ४ हजार ८७१ जना सक्रिय संक्रमित रहेका छन् ।
कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैले पनि ज्यान गुमाएनन् ।