३८२ जना थपिदाँ कसैको मृत्यु भएन


३८२ जना थपिदाँ कसैको मृत्यु भएन

नेपालगन्ज १७ पुष : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभर पाँच हजार सात पीसीआर परीक्षणमा ३४२ र १५ हजार ९५२ एन्टिजेन परीक्षणमा ४० जना गरी ३८२ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमितको यो संख्या पछिल्लो एक महिनामा सबैभन्दा बढी हो ।

Kanti Aarogya Hospital Nepalgunj

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । यस्तै सोही अवधिमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २५२ रहेको छ ।