२१६ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु


२१६ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

नेपालगन्ज १८ पुष : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २१६ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ५ हजार ९६२ पीसीआर र १ हजार ६६९ जनाको एन्टीजेन परीक्षणका क्रममा २१६ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख २८ हजार ९८६ जना पुगेको छ । कुल संक्रमितमध्ये ४ हजार ९७१ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा २०९ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ८ लाख १२ हजार ४१९ पुगेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

उक्त अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५९६ पुगेको छ । हाल ९८ जना क्वारेन्टिनमा छन् । ८३ जना आइसीयू र १९ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।