नेपालगन्ज १९ पुष : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३२६ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ९ हजार ७०० पीसीआर र २ हजार ७९८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३२६ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै कुल संक्रमितको संख्या ८ लाख २९ हजार २७७ जना पुगेको छ । कुल संक्रमितमध्ये ५ हजार ५ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा २५५ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ८ लाख १२ हजार ६७४ पुगेको छ ।
उक्त अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५९८ पुगेको छ । हाल ९८ जना क्वारेन्टाइनमा छन् । ८९ जना आइसीयू र २१ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?
खुल्यो कृष्णभीर
राजनीतिसँगै उथल-पुथल भएको रेशम-रञ्जिताको ‘प्रेम-कथा’
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन