३९३ जना संक्रमित भेटिँदा ३ जनाको मृत्यु


३९३ जना संक्रमित भेटिँदा ३ जनाको मृत्यु

नेपालगन्ज २० पुष : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ ।

देशभर ९ हजार ३२९ जनाको परीक्षण गर्दा ३९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा २६३ जना डिस्चार्ज भएका छन् । बितेको २४ घण्टामा ३ जना कोरोना संक्रमितको ज्यान समेत गएको छ ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट भएको परीक्षणमा हालसम्म ८ लाख २९ हजार ६३२ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९६ हजार ३१८ जनामा संक्रमण पुष्टि भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

तीमध्ये कुल ८ लाख १२ हजार ९३७ जना संक्रमण मुक्त हुँदा ११ हजार ६०१ जनाको मृत्यु भएको छ । कोरोना निको हुने दर ९८ प्रतिशत रहेको छ भने क्वारेन्टिनमा ९८ जना रहेका छन् । यस्तै देशभर सक्रिय संक्रमित ५ हजार ९४ जना रहेका छन् ।