नेपालगन्ज २० पुष : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ ।
देशभर ९ हजार ३२९ जनाको परीक्षण गर्दा ३९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा २६३ जना डिस्चार्ज भएका छन् । बितेको २४ घण्टामा ३ जना कोरोना संक्रमितको ज्यान समेत गएको छ ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट भएको परीक्षणमा हालसम्म ८ लाख २९ हजार ६३२ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९६ हजार ३१८ जनामा संक्रमण पुष्टि भएको छ ।
तीमध्ये कुल ८ लाख १२ हजार ९३७ जना संक्रमण मुक्त हुँदा ११ हजार ६०१ जनाको मृत्यु भएको छ । कोरोना निको हुने दर ९८ प्रतिशत रहेको छ भने क्वारेन्टिनमा ९८ जना रहेका छन् । यस्तै देशभर सक्रिय संक्रमित ५ हजार ९४ जना रहेका छन् ।
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?
खुल्यो कृष्णभीर
राजनीतिसँगै उथल-पुथल भएको रेशम-रञ्जिताको ‘प्रेम-कथा’
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन