नेपालगन्ज २१ पुष : नेपालमा पुनः कोरोना संक्रमितको संख्या उकालो लाग्न थालेकोछ । केहीदिनदेखि थोरै मात्रामा भेटिने गरेका कोरोना भाइरस संक्रमितको संख्या पुनः बढ्न थालेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो दिनमा कोरोना संक्रमित बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा देशभर थप ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार देशभर ६ हजार ७१५ जनाको पीसीआर परीक्षण गर्दा ३७० र ३ हजार ५ सयको एन्टीजेन परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन भने २३९ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२५ जना रहेका छन् । जसमध्ये ४ हजार ८५२ जना होम आइसोलेसनमा रहेका छन् भने ३७३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ८४ जना आईसीयू र १४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?
खुल्यो कृष्णभीर
राजनीतिसँगै उथल-पुथल भएको रेशम-रञ्जिताको ‘प्रेम-कथा’
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन