नाकामा ह्वात्तै बढे कोरोना संक्रमित


नाकामा ह्वात्तै बढे कोरोना संक्रमित

नेपालगन्ज २२ पुष : नेपालमा कोरोना भइरस संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो केही दिन यता संक्रमित थपिने क्रम बढ्न थालेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार सीमा नाकामा रहेका हेल्थ डेस्कमा गरिएको परीक्षणमा संक्रमितको संख्या ह्वात्तै बढेको देखिन्छ ।

भारतसँग सीमा जोडिएका नाकामा रहेका हेल्थ डेस्कमा गरिएको एन्टीजीन परीक्षणमा कोरोना संक्रमित फेला पर्ने क्रम बढ्दै गएको हो । भारतमा संक्रमण बढेसँगै नेपालमा पनि संक्रमण बढ्दै गएको मन्त्रालयको बुझाई रहेकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

मन्त्रालयको तथ्यांक अनुसार सीमा नाकामा गरिएको एन्टीजीन परीक्षणमा १९ गते सोमबार ५ जनामा संक्रमण भेटिएको थियो । २० गते मंगलबार उक्त संख्या बढेर ३८ मा पुगेको थियो । पछिल्लो २४ घण्टामा ४८ जनामा संक्रमण फेला परेको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

मन्त्रालयले सीमा नाकामा फेला परेका संक्रमितको जीन स्वीक्वेन्सिङ गर्दै कुन भेरियन्टको संक्रमण हो भनेर पत्ता लगाउने काम पनि अगाडि बढाएको छ ।